पोखरीमा महिलाको शव भेटियो
सिरहा, फागुन २७ – सिरहाको औरही गाउँपालिका–५ स्थित एक पोखरीमा महिलाको शव फेला परेको छ।
स्थानीय बासिन्दाले बुधबार दिउँसो पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलमा पुगेर पोखरीबाट शव बाहिर निकालेको जनाएको छ।
प्रहरीका अनुसार मृतक महिलाको पहिचान हालसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जनाएको छ।

