मन्त्री आवास अभाव, भैँसेपाटीका भवन क्षतिग्रस्त
काठमाडौँ, फागुन २८ – प्रतिनिधि सभाको निर्वाचनपछि नयाँ सरकार गठनको तयारी भइरहेका बेला मन्त्रीहरूको आवास व्यवस्थामा समस्या देखिएको छ।
ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास परिसर गत भदौ २४ गते भएको तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएपछि त्यहाँ तत्काल बस्ने अवस्था नरहेको जनाइएको छ।
निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठका अनुसार तत्कालका लागि काठमाडौँमा घर भएका मन्त्री आफ्नै घरमा बस्ने वा भाडामा घर लिएर आवास व्यवस्थापन गरिनेछ।
क्षतिग्रस्त २६ भवनमध्ये ११ भवनको पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। चालु आर्थिक वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

