गोरखामा रास्वपाको समानुपातिक मत झण्डै ५० प्रतिशत
गोरखा – गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ झण्डै ५० प्रतिशत मत प्राप्त गरेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार रास्वपाले ५८ हजार ५५२ मत अर्थात् ४९.६ प्रतिशत मत पाएको छ।
जिल्लामा कूल २ लाख २९ हजार ५९ मतदाता रहेकोमा समानुपातिकतर्फ १ लाख २२ हजार ३१३ मत खसेको थियो।
समानुपातिक मततर्फ नेपाली कांग्रेसले २४ हजार ५१६ मत (२०.७ प्रतिशत) प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले २० हजार ९५३ मत (१७.७ प्रतिशत) पाएको छ। नेकपा एमालेले ६ हजार ७२० मत प्राप्त गरेको छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले भने १ हजार १२३ मत मात्र प्राप्त गरेको छ।
गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले मात्र आवश्यक मत सीमा पार गरेका छन्।

