निर्वाचनमा युवाको चर्चा, तर अपेक्षा अनुसार प्रतिनिधित्व भएन



काठमाडौँ, फागुन २८ – प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतपरिणाम सार्वजनिक भइसकेपछि युवाको प्रतिनिधित्वबारे चर्चा बढेको छ। ‘नयाँ’ राजनीतिक धारको प्रभाव देखिए पनि प्रत्यक्षतर्फ धेरै युवा उम्मेदवार निर्वाचित हुन सकेनन्।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३५ वर्षमुनिका २० जना र ३० वर्ष उमेरका आठ जना उम्मेदवार निर्वाचित भएका छन्। सबैभन्दा कान्छा सांसद मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेती बनेका छन्।

नेपाली कांग्रेसबाट सबैभन्दा कम उमेरका सांसद मुस्ताङका योगेश गौचन थकाली (३२ वर्ष) छन् भने सबैभन्दा ज्येष्ठ सांसद मनाङका टेकबहादुर गुरुङ (७१ वर्ष) हुन्।

नेकपा एमालेबाट सबैभन्दा कम उमेरका सांसद इलाम–२ का सुहाङ नेम्वाङ (३६ वर्ष) बनेका छन् भने नेकपाबाट सिन्धुपाल्चोकका युवराज दुलाल (४३ वर्ष) कम उमेरका सांसद हुन्।

यसैबीच श्रम संस्कृति पार्टीबाट खोटाङका आरेन राई २९ वर्षको उमेरमा संसद्मा प्रवेश गर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्