देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौँ, फागुन २८ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा सामान्यतया बादल लाग्नेछ भने अन्य स्थानमा आंशिक बादल रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशका पहाडी भागमा बादल रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्