दुबईमा रोकिएका यात्रु ल्याउन नेपाल वायुसेवा निगमका विशेष उडान
काठमाडौँ, फागुन २८ – नेपाल वायुसेवा निगमले दुबई विमानस्थलमा रोकिएका नेपाली यात्रु ल्याउन विशेष उडान सुरु गरेको छ।
पश्चिम एसियामा विकसित परिस्थितिका कारण दुबई विमानस्थल चैत २ देखि १४ गतेसम्म बन्द हुने भएपछि निगमले वाइडबडी जहाजमार्फत दुई विशेष उडान गर्ने निर्णय गरेको हो।
निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार यसअघि काठमाडौँ–दुबई मार्गमा सातामा छ दिन उडान हुँदै आए पनि पछिल्लो १२ दिनदेखि उडान रोकिएको छ। रोकिएका यात्रु बोकेर बुधबार राति पहिलो उडान काठमाडौँ आउने र बिहीबार अर्को उडान सञ्चालन गरिनेछ।
परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार सम्भावित उद्धार उडानका लागि पनि निगमले तयारी गरिरहेको जनाएको छ। पश्चिम एसियाका विभिन्न देशमा लाखौँ नेपाली कार्यरत

