सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,फागुन २८ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला २ हजार रुपैयाँले घटेको हो । 

बुधवार प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख १७ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य समेत घटेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

बुधवार प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्