नुवाकोटमा असिनासहित वर्षा, खेतीमा क्षति
नुवाकोट,फागुन २८ – नुवाकोटका विभिन्न स्थानमा बिहीबार साँझ असिनासहित वर्षा भएको छ।
जिल्लाको लिखु, ककनी र शिवपुरी क्षेत्रमा असिना परेको स्थानीयले बताएका छन्।
असिनापानीका कारण गहुँ खेती, भित्र्याउने समयको आलु तथा धानको बीउ तथा तरकारी खेतीमा असर पुगेको किसानहरूले बताएका छन्।
अचानक परेको असिनाले खेतबारीमा क्षति पुगेको भन्दै किसान चिन्तित बनेका छन्।

