निर्वाचन प्रहरीको कार्यावधि सकिएपछि बिदाइ



काठमाडौँ,फागुन २८ – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको कार्यावधि समाप्त भएसँगै बिहीबार बिदाइ गरिएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबलले देशभर भर्ना गरेका निर्वाचन प्रहरीलाई ४० दिनका लागि परिचालन गरिएको थियो। निर्वाचन र मतगणना प्रक्रिया सकिएपछि उनीहरूको कार्यावधि समाप्त भएको हो।

निर्वाचन प्रहरीहरूले चुनौतीपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा खुसी व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा युवालाई रोजगारीको अवसर दिन सरकारसँग मागसमेत गरेका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर एक लाख ३९ हजारभन्दा बढी निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्