समानुपातिकतर्फ रास्वपालाई सबैभन्दा धेरै ५७ सिट



काठमाडौँ, फागुन २९ – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गरेको छ।

आयोगका अनुसार ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट पाएको छ। नेपाली कांग्रेसले २० सिट, नेकपा (एमाले)ले १६ सिट र नेपाली कम्युनिस्ट पार्टीले ९ सिट पाएको छ।

त्यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार–चार सिट प्राप्त गरेका छन्। समानुपातिक सिट निर्धारण भएसँगै प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ।

निर्वाचन आयोगले राजनीतिक दललाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन पत्राचार गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्