नवनिर्वाचित सांसदको शपथ र संसद् बैठकको तयारी



काठमाडौँ, फागुन २९ – प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित सांसदहरूको शपथ र संसद् अधिवेशनको तयारी सुरु गरिएको छ।

स्थायी संसद् भवन तयार नभएकाले निर्माणाधीन भवनभित्रको बहुउद्देश्यीय कक्षलाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

संवैधानिक व्यवस्था अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ।

यसैबीच सांसदहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरिएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्