डेढ लाख निर्वाचन प्रहरीको बिदाइ



काठमाडौँ,फागुन २९ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षार्थ भर्ना गरिएका झन्डै डेढ लाख निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ।

देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत भर्ना गरिएका निर्वाचन प्रहरीलाई प्रहरी अधिकारीले टीका र खादा लगाएर सामूहिक रूपमा बिदाइ गरेका हुन्।

निर्वाचन सुरक्षाका लागि चार सुरक्षा निकायसहित तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। निर्वाचन प्रहरीलाई मतदान केन्द्रमा लाइन व्यवस्थापन, आवतजावत सहजीकरण र सवारी व्यवस्थापनमा खटाइएको थियो।

प्रतिक्रिया दिनुहोस्