उडान प्रतिबन्धका कारण १२९ अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौँ,फागुन २९ – पश्चिम एसियामा उडान सुरक्षासम्बन्धी तनावका कारण पछिल्लो नौ दिनमा १२९ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फागुन २० देखि २८ सम्म कतार, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरबतर्फका उडान प्रभावित भएका हुन्।
उडान रद्द हुँदा दैनिक दुई करोडभन्दा बढी आर्थिक नोक्सानी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

