केपी शर्मा ओलीलाई पितृ शोक



काठमाडौँ,फागुन २९– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ।

उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार केही समयदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओलीको उपचारका क्रममा निधन भएको हो।

उहाँको पार्थिव शरीर ओली निवास गुण्डु लगिने तयारी गरिएको छ भने आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्