केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर निकालियो
भक्तपुर,फागुन २९ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ।
भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालबाट उहाँको पार्थिव शरीर निकालिएको हो। अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य पनि अस्पताल पुग्नुभएको छ।
पार्थिव शरीर अन्त्येष्टिका लागि लैजाने तयारी भइरहेको बताइएको छ।

