प्रतिताेला २८०० रूपैयाँले घट्याे सुनकाे भाउ, चाँदीमा पनि गिरावट



काठमाडौं,फागुन २९ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहिबार तोलामा २००० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। हिजो छापावाल सुन प्रतितोला ३ लाख १७००० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। हिजो प्रतितोला रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्