काठले च्याप्दा एक जनाको मृत्यु



रुकुम पश्चिम,फागुन २९ – जिल्लाको मुसिकोट नगरपालिका–११ मा काठले च्याप्दा शुक्रबार एक जनाको मृत्यु भएको छ।

वडा नम्बर ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो।

काठको गोलिया पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्