छहरे–टोखा सडकमा अनटेष्ट गाडीले मोटरसाइकललाई किच्यो, चालक गम्भीर घाइते
नुवाकोट,फागुन २९ – छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका -७, थानाभञ्ज्याङ नजिकै घुम्तीमा शुक्रबार दिउँसो एक अनटेष्ट गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
बा १ प ०२०४० प ७१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक गम्भीर घाइते भएका हुन्। घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको गाडी जिल्ला कारागारसँग सम्बन्धित भएको र कारागारका जेलरले चलाएको हुन सक्ने अपुष्ट खबर आएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

