धुलिखेल–सावा सडकखण्ड राति बन्द हुने
काभ्रेपलाञ्चोक,फागुन २९ – धुलिखेल–सावा सडकखण्ड चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा बन्द गरिने भएको छ। सडक पिच गर्ने कामका लागि सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै सो सडकखण्ड बन्द गरिने जनाएको हो।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयअनुसार उक्त अवधिमा सो सडकखण्डबाट सञ्चालन हुने सवारीसाधनमा प्रतिबन्ध लगाइने छ। सडक प्रयोग गर्ने यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
सडक डिभिजनका अनुसार ठूला चारपांग्रे सवारीसाधन (बस समेत) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइनेछ। त्यस्तै टिपर र ट्रकहरू भने चौबीसै घण्टा सञ्चालन गर्न नपाइने जनाइएको छ।

