इरानी नागरिकका लागि आगमन प्रवेशाज्ञा बन्द



काठमाडौँ,फागुन ३०– सरकारले इरानी नागरिकलाई नेपाल आउँदा दिँदै आएको आगमन प्रवेशाज्ञा बन्द गरेको छ। पश्चिम एसियाका देशमा जारी तनावलाई ध्यानमा राख्दै सरकारी र कूटनीतिक राहदानीवाहकबाहेकका इरानी नागरिकलाई उक्त सुविधा रोकिएको हो।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार अब इरानी नागरिकले नेपाल प्रवेश गर्न विदेशस्थित नेपाली दूतावासबाट प्रवेशाज्ञा लिएर मात्र आउनुपर्नेछ। इरानमा बढ्दो द्वन्द्वका कारण त्यहाँका नागरिक शरण खोज्दै नेपाल आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको उनले बताए।

यसअघि नेपालले १२ देशका नागरिकलाई आगमन प्रवेशाज्ञा बन्द गरिसकेको थियो। इरान थपिएसँगै अब यस्तो व्यवस्था बन्द गरिएका देशको संख्या १३ पुगेको छ। सरकारले नाइजेरिया, घाना, जिम्बाब्वे, स्विट्जरल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकलाई पनि यसअघि नै आगमन प्रवेशाज्ञा बन्द गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्