संसदीय दलको नेता चयन गर्न रास्वपाले विधान संशोधन गर्ने तयारी



काठमाडौँ, फागुन ३० – प्रतिनिधि सभा निर्वाचनमा ठूलो सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्न पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ।

पार्टीको विधानअनुसार संसदीय दलको नेता चयन गर्दा पार्टीका सबै सदस्यले मतदानमार्फत चयन गर्ने व्यवस्था रहेको छ। तर हालसम्म पार्टीको महाधिवेशन नभएकाले विधान परिमार्जन गर्ने अधिकार केन्द्रीय समितिलाई रहेकाले सो प्रावधानलाई समयअनुकूल बनाउन संशोधन गर्न लागिएको जनाइएको छ।

पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया छिटोछरितो र व्यावहारिक बनाउन विधान परिमार्जन गर्नेबारे छलफल भइरहेको छ। उनका अनुसार अब निर्वाचित प्रतिनिधि सभा सदस्यबाटै संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी कुल १८२ सिट जितेको छ।

विधान संशोधनपछि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको जनाइएको छ। साथै पार्टीले समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवार चयन प्रक्रिया पनि अघि बढाएको

प्रतिक्रिया दिनुहोस्