रास्वपाको सचिवालय बैठक स्थगित
काठमाडौँ,फागुन ३० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ।
शनिबारका लागि तय गरिएको बैठक अब आइतबार बिहान १० बजे बस्ने गरी सारिएको हो। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठकको समय परिवर्तन गरिएको जनाइएको छ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

