एमालेको केन्द्रीय सचिवालय बैठक गुण्डुमा सुरु



भक्तपुर,फागुन ३० – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सचिवालय सदस्यहरूको उपस्थिति रहेको छ।

अध्यक्ष ओलीलाई यतिबेला पितृशोक परेको छ। उनका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो।

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। साथै समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्ग्याएर निर्वाचन आयोगमा पठाउने विषयमा पनि छलफल हुने बताइएको छ।

पिताको निधन भए पनि अध्यक्ष ओली बैठकमा सहभागी भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्