नुवाकोट विदुरका युवकको उपचारका लागि आर्थिक सहयोगको अपिल
नुवाकोट,फागुन ३०— नुवाकोटको विदुरमा बसोबास गर्दै आएका एक युवकको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका छन्। लामो समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेका कारण उपचार खर्च धान्न नसकेको भन्दै परिवारले सहयोगी मनकारीहरूलाई सहयोग गरिदिन आग्रह गरेको हो।
विदुर नगरपालिका–२ मा बस्दै आएका तथा रसुवाको कालिका गाउँपालिका–४ भोर्लेका ४८ वर्षीय होमप्रसाद अधिकारी हाल उपचाररत रहेका छन्। विदुरमै होटल व्यवसाय गर्दै आएका अधिकारी लामो समयदेखि बिरामी रहँदा उपचारमा ठूलो रकम खर्च भइसकेको र परिवारको आर्थिक अवस्था कमजोर बनेको बताइएको छ।
अधिकारीकी पत्नी सावित्री अधिकारीका अनुसार लामो समय अस्पतालमा उपचार गर्दा परिवारको आर्थिक स्रोत सकिन लागेको छ।रोगको स्पष्ट पहिचानसमेत हुन नसक्दा उपचार निरन्तर गरिरहँदा थप आर्थिक समस्या बढ्दै गएको उनले बताइन्।
अधिकारी परिवारमा पत्नी, दुई छोरी र एक छोरा रहेका छन्। परिवारको एकमात्र कमाउने सदस्य अधिकारी नै लामो समयदेखि बिरामी हुँदा परिवार गम्भीर आर्थिक संकटमा परेको सावित्रीले बताइन्।यस कठिन अवस्थामा सहयोगी दाता तथा मनकारी दाजुभाइ–दिदीबहिनीहरूलाई सकेको आर्थिक सहयोग गरेर होमप्रसाद अधिकारीको जीवन बचाइदिन परिवारले भावुक अपिल गरेको छ।
सहयोग गर्न इच्छुकले एनआईएमबी बैंकमा रहेको खाता नम्बर २६८०५३९०२५०८२५ मा रकम जम्मा गर्न सकिने जनाइएको छ। थप जानकारीका लागि बिरामी होमप्रसाद अधिकारीको परिवारले ९८६६४७९६३७ नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।

