मनकामनाबाट फर्किएको ईभी माइक्रो गोरखामा भीरबाट खस्यो
गोरखा,फागुन ३०— गोरखाको प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिर दर्शन गरेर फर्किएको ईभी माइक्रो सहिद लखन गाउँपालिका–३ कान्टार नजिकै भीरबाट खसेको छ।
स्थानीयका अनुसार माइक्रो करिब २०० मिटर तल खसेको हो। उक्त माइक्रोमा १४ जना यात्रु सवार रहेको जनाइएको छ।
सहिद लखन गाउँपालिका–३ का वडाध्यक्ष दीपक पाण्डे ले दुर्घटनापछि उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो।
दुर्घटनामा परेकाहरूको उद्धारका लागि स्थानीयवासी र सुरक्षाकर्मी खटिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

