मनकामना दर्शन गरेर फर्किएको माइक्रो दुर्घटना : ६ भारतीय नागरिकको मृत्यु
गोरखा,फागुन ३०— मनकामना मन्दिर दर्शन गरेर फर्किएको माइक्रोबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
सहिद लखन गाउँपालिका–३ कान्टार, गोरखामा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो।
प्रहरीका अनुसार मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन्। प्रारम्भिक जानकारीअनुसार माइक्रोबसमा १३ जना यात्रु सवार थिए।
घटनामा घाइते भएका यात्रुको उद्धार तथा उपचारको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

