प्रतिनिधि सभा निर्वाचनमा बदर मत घट्यो



काठमाडौँ,चैत १— प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा बदर मतको प्रतिशत अघिल्ला निर्वाचनको तुलनामा घटेको छ। निर्वाचन आयोग नेपालका अनुसार यस पटक कुल ४.७ प्रतिशत मत बदर भएको छ।

प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ। निर्वाचनमा एक करोड ८९ लाखभन्दा बढी मतदाता रहेकामा प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजारभन्दा बढी मत खसेको थियो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजारभन्दा बढी मतदान भएको थियो, जसमा ९६.५ प्रतिशत मत सदर भएको छ।

यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा ५.०६ प्रतिशत र २०७४ मा ५.१८ प्रतिशत मत बदर भएको थियो। आयोगका अनुसार यस पटक सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रमका कारण बदर मत घटेको हो।

प्रतिक्रिया दिनुहोस्