नेपाली बजारमा सुनको मूल्य घट्यो



काठमाडौँ,चैत १ — नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो।

आजका लागि सुनको मूल्य तोलाको ३ लाख ९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। गत शुक्रबार भने सुनको भाउ तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँ रहेको थियो।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदीको भाउ तोलामा २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्