ब्राउन सुगरसहित एक जना पक्राउ
सुनसरी,चैत १ — जिल्ला प्रहरी कार्यालय सुनसरीले लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–२० तरहराबाट झापाको कन्काई नगरपालिका–४ का ३० वर्षीय भिमबहादुर तामाङलाई आइतबार बिहान पक्राउ गरिएको हो।
तरहरास्थित कोशी लोकमार्गमा प्रहरी चौकी तरहराबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा तामाङको साथबाट १ दशमलव १६ ग्राम ब्राउन सुगर फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
लागू औषधसहित पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

