निर्वाचनपछि पहिलो पटक कांग्रेस कार्यसम्पादन समिति बैठक



काठमाडौँ,चैत १ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक बसेको छ।

बैठक बीपी स्मृति भवन, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि सुरु भएको हो। दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको जनाइएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ।

यसअघिको निर्वाचनमा पहिलो दल बनेको कांग्रेसले यस पटक भने आधाभन्दा कम सिट जितेको छ। प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्