फलैचाबाट लडेर एक जनाको ज्यान गयो
धनकुटा,चैत १ — छथरजोरपाटी गाउँपालिका–४ तेलिया निवासी ५६ वर्षीय लक्ष्मण लिम्बूको फलैचाबाट लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो छिमेकी भीमकुमारी लिम्बूको घरअगाडि रहेको फलैचामा बसिरहेको अवस्थामा अचानक लडेर करिब २० फिट तल खसेपछि लिम्बूको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता ज्ञानकुमार महतोका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

