पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौँ,चैत १ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।

नयाँ मूल्यसूची अनुसार बढेको दर आज रातिदेखि लागू हुने निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्