समानुपातिक सांसदको सूची आयोगमा, रुजु प्रक्रिया सुरु
काठमाडौँ, चैत २ — प्रतिनिधि सभा निर्वाचनपछि राजनीतिक दलहरूले समानुपातिकतर्फ निर्वाचित हुने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएका छन्। आयोगले प्राप्त सूचीको रुजु प्रक्रिया सुरु गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको सूची बुझाएको छ भने नेपाली कांग्रेसले २० सदस्य सिफारिस गरेको छ।त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ सदस्यको नामावली पेस गरेको छ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो सूची बुझाइसकेका छन्। आयोगका अनुसार सबै दलबाट प्राप्त ११० समानुपातिक सदस्यको नाम क्लस्टर अनुसार मिलेको छ कि छैन भन्ने जाँच भइरहेको छ।
आयोगले सूचीमा त्रुटि नभए सोमबार नै अन्तिम परिणाम सार्वजनिक गर्न सकिने जनाएको छ।

