सडेगलेको अवस्थामा युवकको शव फेला



सल्यान,चैत २ — दार्मा गाउँपालिका–६ भुर्तिबाङका २६ वर्षीय बालकृष्ण चन्द एक सातापछि मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घरबाटै बेपत्ता भएका चन्द कुमाख गाउँपालिका–५ ठूलाखोलास्थित खोल्सामा सडेको अवस्थामा शनिबार फेला परेका हुन्।

प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार मोबाइल फोनका आधारमा शवको पहिचान गरिएको हो। शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ।

घरबाट घुम्न निस्किएका चन्द फागुन २५ गतेदेखि बेपत्ता थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्