एनआरएनएको अध्यक्षमा हेमराज शर्मामा सहमति



काठमाडौँ, चैत २ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ। अध्यक्षका लागि उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्मा एकमात्र सहमतिशील उम्मेदवार बनेका हुन्।

यसअघि अध्यक्षताका लागि रोबिन शेरचन र रबिन बज्राचार्यले पनि उम्मेदवारी दिएका थिए। निर्वाचन समितिले सबै पदको नतिजा एकैपटक सार्वजनिक गर्ने जनाएको छ।

एनआरएनए निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सम्पूर्ण विवरण सार्वजनिक गरिनेछ। सहमति आधारित चयन प्रक्रिया अपनाएर कार्यसमिति गठन गर्न लागिएको जनाइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आइतबार साँझ पाँच बजे समापन समारोह सम्पन्न भएको छ। शनिबारदेखि शुरु भएको एनआरएनएको १२ औं अधिवेशन आजै सम्पन्न हुँदैछ।

प्रतिक्रिया दिनुहोस्