सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,चैत २। आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।
आइतबार प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार २६५ रुपैयाँ कायम भएको छ ।

