सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ४०० रुपैयाँले बढ्यो
काठमाडौं, चैत ३ — नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो। सोमबार प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ९ हजार ९०० रुपैयाँ पुगेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ७० रुपैयाँले बढेको हो। सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको महासंघले जनाएको छ।

