राष्ट्रपतिद्वारा ओलीलाई समवेदना व्यक्त



काठमाडौं, चैत ३ — राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ।

मंगलबार राष्ट्रपति पौडेल भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर उहाँका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको हो।

भेटका क्रममा राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै गहिरो सहानुभूति प्रकट गर्नुभएको ओलीको निजी सचिवालयले जनाएको छ।

एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्