सुनचाँदीको मूल्य घट्यो, तोलामा दुई हजारभन्दा बढी कमी
काठमाडौं,चैत ४— स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु २ हजार २०० ले घटेको छ भने चाँदीको मूल्य पनि रु १८५ ले कमी आएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख ७ हजार ७०० कायम भएको छ। त्यस्तै चाँदी प्रतितोला रु ५ हजार १५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु ३ लाख ९ हजार ९०० र चाँदी रु ५ हजार ३३५ मा कारोबार भएको थियो। त्यसअघि सोमबार सुनको मूल्य रु ३ लाख ९ हजार ५०० र चाँदी रु ५ हजार २६५ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन र चाँदीको मूल्यमा उतारचढाव जारी रहेको छ। सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ५ हजार अमेरिकी डलर र चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

