खोटाङमा हेलिकप्टर दुर्घटना
खोटाङ,चैत ४ — खोटाङमा आज एक हेलिकप्टर दुर्घटनामा परेको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार शव बोकेर गइरहेको हेलिकप्टर अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको हो।
जिल्ला प्रशासन कार्यालयले दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको छ।

