स्वार्थ समूहको घर–घर नधाउन रास्वपा सांसदलाई रवि लामिछानेको चेतावनी



काठमाडौं,चैत ४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई स्वार्थ समूहको प्रभावमा नपर्न चेतावनी दिएका छन्।

ललितपुरमा जारी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सांसदहरूलाई स्वार्थ समूहको घर–घर धाउने प्रतिस्पर्धामा नलाग्न आग्रह गरे। उनले व्यक्तिगत होइन, देशकेन्द्रित राजनीति गर्नुपर्नेमा जोड दिए।

लामिछानेले शक्ति प्राप्त भएपछि जिम्मेवार ढंगले व्यवहार गर्नुपर्ने उल्लेख गर्दै मकेन्द्रित राजनीतिमा अल्झिए पार्टीको भविष्य जोखिममा पर्ने चेतावनी दिए।

“जनताले पुराना दललाई जस्तै लामो समय पर्खने छैनन्,” उनले भने, “यदि हामी बदलिन सकेनौं भने स्थिति अझ खराब हुन सक्छ।”उनले गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भन्दै त्यसबाट टाढा रहन र एकीकृत भएर अघि बढ्न पनि सांसदहरूलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्