नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ६ मा बस्ने
काठमाडौं,चैत ४ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ६ गते शुक्रबार बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै बैठक दिउँसो १ बजे वीपी स्मृति भवन, ललितपुरमा बस्ने जानकारी दिनुभएको छ।
बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा, आगामी रणनीति तथा महाधिवेशनबारे छलफल हुने जनाइएको छ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टीले जनाएको छ।

