स्कुल बसबाट खसेर ९ वर्षीय बालकको मृत्यु



उदयपुर,चैत ४ — उदयपुरको बेलका नगरपालिका–४ हरीपुर शिसवारीस्थित भित्री सडक खण्डमा गुडिरहेको बसबाट खसेर एक विद्यार्थीको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईका अनुसार जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको स्कुल बसबाट खसेर सोही विद्यालयमा अध्ययनरत ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि प्रहरी टोली इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

बस चालक बेलका–८ निवासी प्रेम तामाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्