एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा डा. हेमराज शर्मा



काठमाडौं, चैत ५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध चयन हुनुभएको छ।

उपाध्यक्ष पदमा रोशन थापा, बुद्धि सुबेदी, चिन्तामणि सापकोटा, ददिवाल खड्का, दिनेश पोखरेल, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईं, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बनियाँ, रबिनराज बज्राचार्य, रामशरण सिम्खडा, रोजिना प्रधान राई, टंकप्रसाद गैरे, तिलक गैरे र विश्वदीप तिगिला सर्वसम्मत चयन भएका छन्। महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) र युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध चयन हुँदा उपमहासचिवमा अनुजा प्रधान, बेदराज बस्नेत, दिनेश कुमार घिमिरे, पारसमणि पोखरेल, राजेन्द्र अर्याल, मोहम्मद मुक्तदा र स्वतन्त्र प्रताप शाह चयन भएका छन्।

सचिव पदमा अभिमन्यु बस्नेत, दीपेश खत्री, मदनराज पौडेल, माधव दुलाल, प्रसुना कडेल, शिवप्रसाद पौडेल, सुजन अधिकारी, सुजन केसी खत्री, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल, भवानीप्रसाद तिमल्सिना र रमेश भट्ट सर्वसम्मत रूपमा चयन भएका छन्।

महिला सचिवमा अमृता थापा, कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना, सह–कोषाध्यक्षमा अब्दुल बासिद र बिमल सुबेदी तथा महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा निर्विरोध निर्वाचित भएका छन्।त्यसैगरी महिला संयोजकमा रश्मी थापा, युवा संयोजकमा नवीन निउरे तथा विभिन्न क्षेत्रीय र उप–क्षेत्रीय संयोजकहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।

नयाँ कार्यसमितिले विश्वभर रहेका नेपालीलाई एकताबद्ध गर्दै नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्