धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सेवा सञ्चालन



काठमाडौं,चैत ५ — काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सेवा सञ्चालनमा ल्याएको छ। दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका लागि उक्त सेवा सुरु गरिएको हो।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मन्त्रिपरिषद्को फागुन ९ गतेको निर्णयअनुसार धरहरा क्षेत्रको पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई दिएपछि निःशुल्क सेवा सुरु गरिएको हो।

पार्किङ क्षेत्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारीसाधन प्रवेशका लागि खुला रहनेछ भने बेलुका ८ बजेसम्म पार्किङ गर्न पाइने व्यवस्था गरिएको छ। सवारीसाधनको सुरक्षाका लागि बिहान ६ देखि बेलुका ८ बजेसम्म नगर प्रहरी खटिने जनाएको छ।

धरहराको बेसमेन्टमा करिब ७०० दुईपाङ्ग्रे र २६२ चारपाङ्ग्रे सवारीसाधन अट्ने क्षमता रहेको छ। चारपाङ्ग्रेका लागि दुईवटा छुट्टै बेसमेन्ट निर्माण गरिएको छ।

पार्किङ क्षेत्रमा सिसिटिभी क्यामरा, बिजुलीबत्ती, भेन्टिलेसन र आगो निभाउने उपकरण जडान गरिसकिएको महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्