नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदी पनि सस्तो
काठमाडौं,चैत ५— नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ रहेको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको आधारमा निर्धारण हुने भएकाले विश्व बजारमा आएको उतारचढावले स्थानीय बजारमा पनि प्रभाव पार्ने गरेको छ।

