यौन दुराचार आरोपित शिक्षक पक्राउ



बर्दिया,चैत ५— बाल यौन दुराचारको आरोप लागेका शिक्षक यामप्रसाद शर्मा कालीकोटबाट पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनी आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्। १५ वर्षीया एक बालिकामाथि यौन दुराचार गरेको आरोपमा पीडित पक्षले फागुन २७ गते इलाका प्रहरी कार्यालय ढोढरीमा जाहेरी दिएको थियो।

जाहेरीमा शिक्षकले बालिकासँग फोनमार्फत पनि अशोभनीय र गलत आशयका कुरा गर्ने गरेको उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रमेश विष्टका अनुसार आरोपितलाई कालीकोटबाट पक्राउ गरी बर्दिया ल्याइएको छ। अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार यस्तो कसुरमा दोषी ठहर भए तीनदेखि चार वर्षसम्म कैद र ७५ हजारदेखि ८० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्