धादिङका स्थानीय तहद्वारा सांसद आशिका तामाङको हस्तक्षेपविरुद्ध कडा प्रतिवाद



धादिङ,चैत ५ — जिल्लाका सबै स्थानीय तहले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यबाट आएको भनिएको निर्देशनप्रति कडा आपत्ति जनाएका छन्।

धादिङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद आशिका तामाङले स्थानीय तहलाई निर्देशन दिएको विषयलाई लिएर जिल्लाका १३ वटै पालिकाले विरोध जनाएका हुन्।

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको पालिका प्रमुख र उपप्रमुखहरूको संयुक्त बैठकले सांसदबाट हुने हस्तक्षेप स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार भएको निष्कर्ष निकालेको छ।

बैठकले जारी गरेको संयुक्त विज्ञप्तिमा संविधान र कानुनविपरीत स्थानीय तहलाई निर्देशन दिने तथा प्रशासनमार्फत नियन्त्रण गर्न खोज्ने कार्यको कडा प्रतिवाद गर्ने निर्णय गरिएको उल्लेख छ।

स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्रमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार नगर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्