राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन पेस



काठमाडौं,चैत ५— निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन बुझाउनुभएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले जटिल परिस्थितिमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आयोग, राष्ट्रसेवक कर्मचारी तथा सबै सरोकारवालालाई धन्यवाद दिनुभयो।

उहाँले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै यसले लोकतन्त्रप्रति आम नागरिकको विश्वास अझ मजबुत बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्