नगरकोट सडकमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ



काठमाडौं,चैत ५— नगरकोट जाने बाटोमा दुई जना भ्लगरमाथि कुटपिट गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न भक्तपुर चागुनारायण नगरपालिका–६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो।

केही दिनअघि नगरकोट जाने सडकखण्डमा तामाङले दुई युवकलाई कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

प्रहरीका अनुसार बिहीबार उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्